२४ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनको वातावरण बनाऔँ: केपी ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।  

पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा परिचालन भएका स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गर्दै उनले  निर्वाचनका निम्ति शान्तिपूर्ण वातारण बन्नुपर्ने  बताउँदै त्यसो भएमा आफ्नो दल सहभागी हुने बताए ।  

त्रास र असुरक्षाकाबीच निर्वाचनको वातावरण नबन्ने  अध्यक्ष ओलीको कथन थियो । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र जेलबाट भागेकाहरूबाट सुरक्षा चुनौती थपिएकोतर्फ लक्ष्य गर्दै उनले शान्तिपूर्ण निर्वाचनको वातावारण बनाउने दायित्व सरकारको रहेको बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले हालै आह्वान गरेको बैठकमा आफू सहभागी भएको र त्यहाँ पनि आफूले आफूहरु चुनावका विरुद्धमा नरहे पनि प्रतिगमनविरोधी कुरा मान्य नहुने कुरा स्पष्ट गरेको बताए । आफूले प्रतिनिधिसभाको पुनःस्थापना  हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनुपर्छ भन्नेमा जोड दिएको बताए ।

भदौ २३  गते परिचालन भएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षाको लागि निर्णय गरेकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउनु युक्तिसङ्गत नहुने बताए । 

प्रकाशित: १० पुस २०८२ १४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App