२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

एमालेको ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

नेकपा (एमाले) ले ‘नवयुग’ को दैनिक ई-बुलेटिन प्रकाशन आरम्भ गरेको छ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आज (शनिबार) आयोजित एक विशेष समारोहबीच ई-बुलेटिनको शुभारम्भ गरिएको हो।

पार्टीको केन्द्रीय प्रचार विभागले महाधिवेशन तथा पार्टीका गतिविधिहरूलाई केन्द्रित गर्दै डिजिटल माध्यमबाट सूचना प्रवाहलाई प्रभावकारी बनाउन यो कदम चालेको हो।

कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंखर पोख्रेल लगायतको उपस्थिति रहेको थियो।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २० मंसिर २०८२ १५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App