२८ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

कोशी प्रदेशसभा प्रदर्शनकारीको कब्जामा

जेनजी प्रदर्शनकारीले कोशी प्रदेशसभा कब्जा गरेका छन् । 

दिउँसोबाट निरन्तर प्रदेशसभा कब्जाको प्रयास गरिरहेका उनीहरु केहीबेर अघि प्रदेश सभामा प्रवेश गरेका हुन् । प्रदेश सभाको सुरक्षाका लागि खटिएका प्रहरीहरु पछि हटेका छन् । प्रदर्शनकारीले अहिले भित्र पसेर प्रदेश सभामा तोडफोड गरिरहेका छन् ।  

यसअघि प्रदर्शनकारीले विराटनगरको पुष्पलाल चोकमा रहेको पुष्पलाल श्रेष्ठको शालिक तोडफोड गरेका थिए । उनीहरुले विराटनगरमा रहेको नेकपा (एमाले)को पार्टी कार्यालयमा आगजनी गरेका थिए ।  

प्रकाशित: २४ भाद्र २०८२ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App