८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

बाबुरामको जनयुद्ध समीक्षामा किराती सहमत

डा. बाबुराम भट्टराई र गोपाल किराती।

डा. बाबुराम भट्टराईले 'माओवादी जनयुद्ध'लाई मूलत: सफल भनेका छन्। नेतृत्व पुष्पकमल दाहालको ढुलमुले नीतिका कारण त्यो पूर्णत: सफल नभएको भए पनि मुख्य रूपमा जनयुद्ध सफल भएको समीक्षा भट्टराईले गरेका छन्।

जनयुद्धका मुख्यमध्येका एक नेता भट्टराईले गरेको यो समीक्षामा पूर्वमन्त्री गोपाल किरातीले पनि सहमति जनाएका छन्। ‘डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन समीक्षा पढियो। केही आत्मकेन्द्रित विवरण बाहेक मूलतः सहमत हुन सकिन्छ। पहिचानसहितको ११ प्रदेशविरुद्व अपराध गर्ने वैद्य, विप्लव, बादल, देव गुरुङ, पम्फा भुसाल इत्यादिले कहिल्यै माफ पाउने छैनन्,’ उनले भनेका छन्।

भट्टराई र किराती दुबै जनयुद्धकालीन माओवादी नेता हुन्। तर, अहिले उनीहरू माओवादीमा छैनन्। भट्टराई नेसपा (नयाँ शक्ति)को नेतृत्वमा छन् भने किराती मुख्यत: पहिचानवादी आन्दोलनमा छन्।

तर, पछिल्लो समय पूर्वमाओवादी नेता तथा समूहहरूको ध्रुवीकरणको आवाज उठिरहेको बेलामा उनीहरूले प्रतिक्रिया जनाएका हुन्। भट्टराईले त यसअघि फेसबूकमा लामो स्टाटस लेख्दै जनयुद्धको समीक्षा गरेका थिए। किरातीले त्यसमै सहमति जनाएका हन्।

यो पनि पढ्नुहोस्

दाहाल र थापासँगको तस्बिर साझेदारी गर्दै बाबुरामले देखाए माओवादी पुनर्गठनको रूपरेखा

प्रकाशित: १ श्रावण २०८२ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App