काठमाडौं क्षेत्र नम्बर-३ को मतगणनामा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुरुवाती अग्रता लिएका छन्।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर-१ बाट सुरु भएको मतगणनामा घिसिङले १ हजार ४१ मतका साथ फराकिलो अग्रता कायम गरेका हुन्।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले पछ्याइरहेका छन्। पाण्डेले ७४८ मत प्राप्त गरेका छन्।
सुरुवाती नतिजामा प्रमुख दल मानिने नेपाली कांग्रेस र नेकपा एमाले भने निकै पछाडि परेका छन्। कांग्रेसका रमेश अर्यालले २९८ मत ल्याउँदा एमालेका रामेश्वर फुयाल २७९ मतमा सीमित भएका छन्।
त्यस्तै, नेकपाका उम्मेदवारले ३५ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०१:२३ शुक्रबार





