१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

नेविसंघको अध्यक्षमा करूणा कटुवाल नियुक्त

नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करूणा कटुवाललाई नियुक्त गरेको छ।

पार्टीका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गतेको बैठकको निर्णयबमोजिम सभापति गगनकुमार थापाले कटुवाललाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका हुन्।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको अध्यक्ष पदमा धनकुटाकी कटुवाललाई जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ।

पार्टीले नवनियुक्त अध्यक्ष कटुवाललाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ११ बुँदे कार्यादेश तथा कार्यविवरण प्रदान गरेको जनाएको छ।

नेपाली कांग्रेसले नेविसंघको संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न अध्यक्ष कटुवाललाई जिम्मेवारी दिएको बताएको छ।

प्रकाशित: १८ जेष्ठ २०८३ १९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App