१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

खुस्बु ओलीको प्रश्न : सुनसरीमा गोली चलाउने आदेश कसले दियो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा भएको गोलीकाण्डबारे सरकारसँग जवाफ माग्दै प्रहरीलाई गोली चलाउने आदेश कसले दिएको भन्दै प्रश्न गरेकी छिन्।  

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको बताउँदै कसको निर्देशनमा उक्त घटना भएको भन्दै सकारसँग जवाफ मागेकबी हुन्। 

‘प्रधानमन्त्रीज्यूले आफ्नो फेसबुकमार्फत गोली प्रहरीबाट चलेको स्वीकार गर्नुभएको छ। यदि गोली प्रहरीले चलाएको हो भने त्यसको आदेश कसले दियोरु यदि गोली सरकारको नालबाट चलेको हो भने त्यहाँ किन हिन्दु धर्मावलम्बीहरू मात्र घाइते भए? वास्तवमा गोली कसले चलायो ?’ भन्दै घटनाको छानविन हुनुपर्ने बताइन्।  

ओलीले सत्तारूढ दलका सभापतिले सुनसरीको घटनालाई अघिल्ला आन्दोलनका गोलीकाण्डसँग तुलना गर्न नमिल्ने बताएका भन्दै घटना फरक भए पनि राज्यको जवाफदेहिता भने समान हुनुपर्ने बताइन्। उनले जेनजी आन्दोलनका क्रममा भएको गोलीकाण्ड र अहिलेको घटनामा आदेश दिने संयन्त्रबारे पनि प्रश्न गरेकी हुन्। 

प्रकाशित: १४ श्रावण २०८३ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App