स्वास्थ्य बिमा बोर्डका नवनियुक्त अध्यक्ष डा. सुवाश प्याकुरेलले बिहीबार पदरभार ग्रहण गरेका छन्।
उनले पदभार ग्रहण गर्दै समस्याका बिचमा समाधान खोज्ने गरी अबको कार्य अघि बढ्ने बताए। 'समस्या बिनाको कुनै पनि पेशा हुँदैन, सबैको संलग्नतामा अहोरात्रा खटिएर काम गर्न सकिन्छ भन्ने मनोविज्ञानको साथ काम गर्न अनुरोध गर्दछु,' उनले भने।
प्याकुरेलले बिमा बोर्डको अध्यक्षको रूपमा जिम्मेवारी सुम्पेकोमा नेपाल सरकार, छनौट समिति र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई धन्यवाद व्यक्त गरे। बिमा कार्यक्रमलाई सुधार गर्न मिडिया र बोर्डका कर्मचारी सबैको सकारात्मक रूपमा जिम्मेवारी निभाउन पनि उनले आग्रह गरेका छन्।
प्रकाशित: १४ श्रावण २०८३ १२:१८ बिहीबार





