१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

सांसद ताहिर अली भाट भन्छन् : गीतामा कुनै पनि मुस्लिमले सुख नपाओस् भनेर लेखेको छैन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आफू मुस्लिम समुदायबाट आएको भए पनि हिन्दू राष्ट्र र सर्वधर्म सद्भावको पक्षमा रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भाटले राप्रपाले उठाउँदै आएको हिन्दू राष्ट्रको अवधारणा कुनै धर्मविरुद्ध नभई सबै धर्मबीच सम्मान, सहिष्णुता र सद्भाव कायम गर्ने उद्देश्यले अघि सारिएको दाबी गरे। उनले भने, 'हिन्दु राष्ट्र हुँदा साम्प्रदायिक घटना देखिएन । राष्ट्रिय झण्डा बोकेर नेपाली टोपी लगाएर हजमा जाँदा, ल हिन्दु राष्ट्रको मुस्लिम आयो भनेर सम्मान हुन्थ्यो, अहिले त्यस्तो छैन।'

सुनसरी घटनामा ज्यान गुमाएका चार जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले धार्मिक सहिष्णुताको सन्देश दिन गीता र कुरानका उदाहरण प्रस्तुत गरे। विश्वबन्धुत्व र सबै धर्मप्रति समान सम्मानको भावना दुवै धर्मग्रन्थले सिकाउने उनको भनाइ थियो।

भाटले साम्प्रदायिक तनावका बेला प्रभावित क्षेत्रमा पुगेर पहल गरेको भन्दै गृहमन्त्रीको भूमिकाको पनि प्रशंसा गरे। प्रतिपक्षमा रहे पनि सकारात्मक कामको समर्थन गर्नुपर्ने उनले बताए।

उनले नेपालमा धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै राजनीतिक दल, समुदाय र नागरिकले संयमता अपनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: १९ श्रावण २०८३ १४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App