२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ५:२२ पूर्वाह्न
राजनीति

पार्टीविरुद्ध क्रियाकलाप गर्नेहरूको सूची पठाउन जिल्ला इन्चार्जहरूलाई जनमतको निर्देशन

जनमत पार्टीले पार्टीविरुद्धका गतिविधिमा संलग्न व्यक्तिहरूको सूची सचिवालयलाई पठाउन निर्देशन दिएको छ। बुधबार (आज) विज्ञप्ति जारी गर्दै पार्टीले जिल्ला इन्चार्जहरूलाई यस्तो निर्देशन दिएको हो।

विज्ञप्तिमा पार्टीविरुद्ध समूह बनाएर गतिविधि सञ्चालन गर्ने, बैठकमा सहभागी नहुने वा सामाजिक सञ्जालमार्फत पार्टीविरुद्ध पोस्ट गर्ने सदस्यहरूको विवरण प्रमाणसहित पठाउन निर्देश गरेको हो।

पार्टीको अनुशासनलाई प्रभावकारी बनाउन कडाइका साथ नीति लागू गरिने र अनुशासन उल्लङ्घन गर्ने सदस्यहरूलाई कुनै पनि पद, समिति र पार्टीका तहमा रोक्का गरिने चेतावनी दिइएको छ।

पार्टीविरुद्धका गतिविधिमा संलग्न रहेकाहरूले पार्टीबाट अन्य कुनै सुविधा वा लाभ लिन नपाउनेसमेत भनिएको छ।

पार्टीले यसलाई 'अनुशासन सफाइ प्रमाणपत्र' प्रणालीमार्फत कार्यान्वयन गरिने जनाएको छ।

प्रकाशित: २१ श्रावण २०८२ १८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App