श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्लाई मर्यादित बनाउन आग्रह गरेका छन् ।
प्रतिनिधि सभामा उपसभामुख निर्वाचनका क्रममा आफ्नो धारणा राख्नेक्रममा उनले भने, ‘हामी सबै माननीय हौँ । हामीलाई कसैले आचरण सिकाउनुपर्छ जस्तो लाग्दैन । हिजो हामी प्रतिनिधि चयन हुँदा के भनियो भन्ने विषय छोडौँ । यहाँ हाम्रो पार्टीबाट माननीय हुनुभएको रुबीकुमारीलाई अघि कसैले बहिनी भनेको सुने । यदी मिल्छ भने त्यो खारेज गरियोस् । यहाँ हामी कोही कसैको दाजुभाइ, दिदीबहिनी, बुबाआमा, हजुरबाआमा कोही छैन । सबैले माननीय भनौँ ।’
उनले ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्न आग्रह गरे । बुढो पाको हुने प्रकृतिको नियम नै भएकाले त्यस्ता विषयमा घोचपेच नगर्न आग्रह गरेका छन् ।
प्रकाशित: २७ चैत्र २०८२ १७:३९ शुक्रबार





