विद्यालय पोसाकमा विद्यार्थीहरूलाई आन्दोलनमा सहभागी गराइएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
सोमबार माइतीघरमा नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले विभिन्न विद्यालय र क्याम्पसहरूका विद्यार्थीहरूलाई आन्दोलनमा सहभागी गराएको थियो।
प्रहरीले विद्यालय पोसाकमा सहभागीहरूलाई घर पठाउन आग्रह गर्दा पनि नमानेपछि धकेलाधकेलको अवस्था सिर्जना भएको हो ।प्रहरीले ८ जनालाई पक्राउ पनि गरेको छ।









प्रकाशित: ३० असार २०८२ १३:४६ सोमबार





