१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

सुधारिएको कांग्रेस हेर्ने इच्छा छ : रक्षा बम

जेनजी अभियन्ता रक्षा बमले नेपाली कांग्रेसको १५औँ महाधिवेशनले जेनजी आन्दोलनले उठाएका प्रश्न र कांग्रेसभित्रको सुधारको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताएकी छन्। 

आइतबार सामाजिक सञ्जालमार्फत बमले जेनजी आन्दोलनपछि त्यसले उठाएका प्रश्न तथा नेपाली कांग्रेसभित्र सुधारको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले विशेष महाधिवेशन हुँदै नियमित महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रियामा कांग्रेस अघि बढेको उल्लेख गरेकी छन्। 

उनले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्रको आत्मालोचना र सुधारको आवश्यकतालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी छन्। 

बमले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले पार्टीभित्रको आत्मालोचनाको आवश्यकतालाई जोड दिएको प्रसंग उल्लेख गर्दै पार्टीभित्रका कमजोरी सुधार्नुपर्ने धारणा राखेकी छन्। 

उनले बीपीको आत्मालोचनाको भावलाई १५औँ महाधिवेशनले समेत मनन गर्नुपर्ने बताउँदै सुधारिएको कांग्रेस हेर्ने इच्छा रहेको बताएकी छिन्।  

प्रकाशित: १८ आश्विन २०८३ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App