१८ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

शक्ति पाउनुपर्छ रगतको नदी तर्न तयार छन्

मुक्तक

१) मुक्तक

छेकेको देखिन्छ कसैलाई, रोकेको देखिन्छ

निर्दोष टेबलहरूलाई त्यसै ठोकेको देखिन्छ

यहाँ कति लेखक, कवि र कलाकारहरूलाई

आफैँ उभिन नदिई अरूले बोकेको देखिन्छ।

२) मुक्तक

कसैले सिँगार्न सक्छ, त्यसलाई रिझायो नभन

नदेखेर मेरो आत्मा, मेरो शरीर बिझायो नभन

गुमनाम गुमनाम सम्झिनुमा पनि त मिठासै छ

हरायो राजन र मेरा परेलाहरू भिजायो नभन।

३) मुक्तक

कर्मले कोही माथ्लो कोही तल्लो भयो होला

वृक्ष कुनै लालीगुराँस कुनै सल्लो भयो होला

प्रज्ञा! यी भिड र नाटकहरूदेखि परपरै छु म

सम्बन्ध कुनै सुमधुर कुनै खल्लो भयो होला।

४) मुक्तक

जे गर्नु हुँदै हुँदैन, मान्छे त्यही गर्न तयार छन्

शक्ति पाउनुपर्छ रगतको नदी तर्न तयार छन्

मर्न सजिलो छैन भन्ने ए तमाम मान्छेहरू हो!

जीवन सस्तो छैन तर मान्छे मर्न तयार छन्।

प्रकाशित: १८ आश्विन २०८३ १०:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App