२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

शपथ गराउन प्रदेश प्रमुखलाई मैले नै दबाव दिएकै हुँ: मुख्यमन्त्री यादव

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवाद बढेपछि नवनियुक्त मुख्यमन्त्रीले शपथका लागि आफैँले दवाव दिएको खुलासा गरेका छन् ।

मधेस प्रदेशसगै देशका विभिन्न ठाउँमा मधेसको मुख्यमन्त्री कटेजबाट नियुक्ति भएको भन्दै विरोध भएको छ । अन्दोलन र घेराउका कारण जनकपुरधामस्थित मधेस प्रदेश सरकारको मुख्यालयमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव प्रवेश गर्नै सकेका छैनन् । यही बेला उनले प्रदेश प्रमुखलाई शपथ खुवाउन आफैँले दबाव दिएको खुलाएका छन् ।

मंगलबार दिउँसो जनकपुरधामको सेभेन स्टार होटेलमा पत्रकारहरुसँग प्रष्टीकरण दिँदै भने ‘मैले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीज्यूलाई शपथ ग्रहरण गराउन अलिक दबावपूर्वक नै भनेको थिएँ ।’  

‘मुख्यमन्त्रीमा नियुक्त भएपछि शपथ त गराउनु पर्‍यो नि शपथ गराउनुस् अनि कहीं जानुहोला भनेकै हूँ,’ उनले प्रष्ट पारे । उनले आफ्नो नियुक्ति संविधानअनुसार नै भएको पनि दाबी गरे ।  

‘सुरुमा प्रदेश प्रमुखले मान्नु भएको थिएन । दलहरुको बिरोध र घेराउ छ यस्तोमा शपथ ग्रहण गराउँदा असज परिस्थित निम्तिने प्रदेश प्रमुखको भनाई थियो । तर, आफूले अन्य दलले तपाईंलाई घेर्छ भने हामी पनि घेर्छौं भनेको हूँ’, मुख्यमन्त्री यादवले भने, ‘तपाईंले नियुक्ति गरेर अन्योल सिर्जना गरेर जान पाउनुहुन्न । तपाईं जहाँ हुनुहुन्छ, मलाई त्यहीँ शपथ ग्रहण गराइदिनु भनेको हुँ ।’

‘तत्कालिन जितेन्द्रप्रसाद सोनलले प्रदेशसभाबाट विश्वासको मत पाउने सम्भावना फेल भएपछि राजीनामा दिएका हुन्,’ उनले भने,‘मेरो नियुक्ति वैधानिक हो ।’  

उही प्रदेश प्रमुखले सोनललाई नियुक्त गर्दा संवैधानिक र वैधानिक हुने अनि मेरो नियुक्ति असंवैधानिक र अवैधानिक कसरी हुन्छ भन्दै उनले प्रश्न गरे ।

आफू र आफ्नो दल नेकपा एमालेबारे बाहिर भ्रम फैलाइएको जिकीर गर्दै उनले भने,‘मलाई कसैले प्रदेशसभा विघटनको सल्लाह नदिएको र त्यो म हुन पनि दिन्न । कसैले यस्तो सल्लाह दिएपनि मँ मान्नेबाला छैन, ढुक्क हुनुहोस् ।’

उनले भने, ‘मुख्यमन्त्री सोनलजी धारा १६८ को उपदफा २ बमोजिम लिएको विश्वासको मत पहिलो पटकमै फेल भएपछि १६८ को ३ आकर्षित भएको हो । र, म प्रदेशसभाको पहिलो दलको हिसावले संविधानतः मुख्यमन्त्री नियुक्त भएको हूँ।’

प्रकाशित: २५ कार्तिक २०८२ १४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App