२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

यही जन्मिएको र हुर्किएकोले काठमाडौं-१ सँग मेरो भावनात्मक सम्बन्ध छ : प्रबल थापा

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका प्रबल थापाले आफू यस क्षेत्रसँग भावनात्मक रूपमा जोडिएको बताएका छन्।

बुधबार चेतनशील राष्ट्रिय व्यावसायिक समाज काठमाडौंले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै थापाले आफू यही क्षेत्रमा जन्मिएको र हुर्किएको कारण यस क्षेत्रसँग विशेष सम्बन्ध रहेको बताए।

उनले चुनावका बेला मात्र नभइ चुनावपछि पनि सधैँ यस क्षेत्रको विकास र उन्नतिका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

‘काठमाडौं क्षेत्र नम्बर १ का मुद्दा तथा राष्ट्रिय एजेन्डा-सुशासन, उद्यमशीलता, खेलकुद, निजी क्षेत्रको प्रवर्द्धन र सम्पत्तिको सुरक्षाजस्ता विषय संसदमा जोडदार रूपमा उठाएर उपयुक्त नीति निर्माणमा मेरो मुख्य भूमिका रहनेछ,’ उनले भने।

थापाले बौद्धिक व्यक्तिहरूको सहयोग र सुझावले आफूलाई उत्साहित र जिम्मेवार बनाएको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गरे।

प्रकाशित: ६ फाल्गुन २०८२ १४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App