२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर

अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’को तथ्याङ्कअनुसार, काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा पुगेको छ। संघीय राजधानीको वायु गुणस्तर सूचकांक १८४ पुगेको छ, जसले स्वास्थ्यमा गम्भीर असर पार्ने खतरा उत्पन्न गरेको छ।

बङ्गलादेशको ढाका १७० एक्यूआईका साथ दोस्रो र भारतको कोलकाता १६९ एक्यूआईका साथ तेस्रो स्थानमा छन् । 

प्रदूषणको मुख्य कारणमा बढ्दो सवारी साधन, सडक विस्तार र डढेलो रहेका छन्। चिकित्सकहरूका अनुसार बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरूका लागि यो अवस्था जोखिमपूर्ण छ।

प्रकाशित: २५ फाल्गुन २०८२ १७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App