हालै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नेपालको संसद्मा केही नयाँ राजनीतिक दल र अनुहारहरू प्रवेश गरेका छन्।
नयाँ दल र नयाँ प्रतिनिधिहरूको आगमनसँगै संसद्मा नयाँ विचार, नयाँ शैली र नयाँ आचार–व्यवहारको अपेक्षा पनि बढेको छ। पुराना दलहरूको लामो राजनीतिक अनुभवसँगै नयाँ दलहरूले परिवर्तन, पारदर्शिता र जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।
नयाँ सांसदहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाह सुधार र युवापुस्ताको आकांक्षालाई सम्बोधन गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्। यसले संसद्मा बहसको शैली, मुद्दाहरूको प्राथमिकता र निर्णय प्रक्रियामा पनि केही नयाँपन ल्याउने अपेक्षा गरिएको छ।
यद्यपि नयाँ दलहरूका लागि संसद्को प्रक्रियागत जटिलता, राजनीतिक समन्वय र नीतिगत निर्णयमा प्रभावकारी भूमिका खेल्नु चुनौतीपूर्ण हुन सक्छ। अनुभवको अभाव र संसदीय अभ्यास सिक्ने प्रक्रिया उनीहरूका लागि प्रारम्भिक चरणमा महत्वपूर्ण रहनेछ।
यदि उनीहरूले जनताको विश्वासलाई कायम राख्दै व्यावहारिक सुधार र परिणाममुखी राजनीति गर्न सके भने नेपाली राजनीति नयाँ दिशातर्फ उन्मुख हुन सक्ने आशा गरिएको छ।
यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले १०५ जना नयाँ प्रतिनिधि उठाएको थियो। तीमध्ये १४ जना निर्वाचित भएका छन्। यस्तै, नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फका उम्मेदवारका लागि अधिकांश नयाँ अनुहारलाई प्राथमिकता दिएको थियो।
एमालेले निर्वाचनमा देशभर ५४.५४ प्रतिशत युवा तथा नयाँ अनुहारलाई उम्मेदवार बनाएको थियो, जसमध्ये चार जनाले जितेका छन्।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले पनि नयाँ अनुहारलाई मौका दिएको थियो। उसले १८ जना नयाँ उम्मेदवार बनाएको थियो, जसमध्ये एक जनाले जित हात पारेका छन्। यस्तै स्वतन्त्रतर्फबाट एक जना नयाँ सांसद छन् भने श्रम संस्कृति पार्टीबाट तीन जना नयाँ सांसद निर्वाचित भएका छन्।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १६४ जना उम्मेदवार उठेका थिए। तीमध्ये १२४ जनाले चुनाव जितेका छन् भने एक जना अग्र स्थानमा रहेका छन्।
नयाँ अनुहारहरू कुल १२५ जना छन्, जसमध्ये ११५ जना पुरुष र १० जना महिला रहेका छन्।
यी हुन् विभिन्न दलका निर्वाचित नयाँ सांसदहरूः
स्वतन्त्र:
गण्डकी प्रदेश, म्याग्दी, निर्वाचन क्षेत्र नं. १ – महावीर पुन (७१, पुरुष) – २२,८५०
श्रम संस्कृति पार्टी:
कोशी प्रदेश, भोजपुर, निर्वाचन क्षेत्र नं. १ – ध्रुवराज राई (४३, पुरुष) – १६,६६३
कोशी प्रदेश, सुनसरी, निर्वाचन क्षेत्र नं. १ – हर्कराज राई (४३, पुरुष) – ३५,७४१
कोशी प्रदेश, खोटाङ, निर्वाचन क्षेत्र नं. १ – आरेन राई (२९, पुरुष) – १६,६१२
नेपाली कम्युनिस्ट पार्टी:
कर्णाली प्रदेश, रुकुम (पश्चिम भाग), निर्वाचन क्षेत्र नं. १ – गोपाल शर्मा (४८, पुरुष) – २१,६०९
नेकपा एमाले:
कोशी प्रदेश, ताप्लेजुङ, निर्वाचन क्षेत्र नं. १ – क्षितिज थेबे (३८, पुरुष) – १३,९६२
कर्णाली प्रदेश, दैलेख, निर्वाचन क्षेत्र नं. २ – लक्ष्मीप्रसाद पोखरेल (६३, पुरुष) – १३,८८९
सुदूरपश्चिम प्रदेश, अछाम, निर्वाचन क्षेत्र नं. २ – यज्ञबहादुर बोगटी (५०, पुरुष) – ९,५१८
सुदूरपश्चिम प्रदेश, बझाङ, निर्वाचन क्षेत्र नं. १ – ऐनबहादुर महर (४१, पुरुष) – १८,५४३
नेपाली कांग्रेस:
काेशफ प्रदेश, इलाम, निर्वाचन क्षेत्र न. १ - निश्कल राई (३५,पुरुष) १४,५४३
कोशी प्रदेश, पाँचथर, निर्वाचन क्षेत्र नं. १ – नरेन्द्रकुमार केरुङ (५३, पुरुष) – १७,२३३
कोशी प्रदेश, तेह्रथुम, निर्वाचन क्षेत्र नं. १ – सन्तोष सुब्बा (४८, पुरुष) – ११,५६१
कोशी प्रदेश, सोलुखुम्बु, निर्वाचन क्षेत्र नं. १ – प्रकाशसिंह कार्की (६२, पुरुष) – १३,१६६
मधेश प्रदेश, रौतहट, निर्वाचन क्षेत्र नं. २ – मो. फिरदोश आलम (३९, पुरुष) – २९,५२८
गण्डकी प्रदेश, मनाङ, निर्वाचन क्षेत्र नं. १ – टेकबहादुर गुरुङ (७१, पुरुष) – २,४१५
लुम्बिनी प्रदेश, पाल्पा, निर्वाचन क्षेत्र नं. १ – सन्दीप राना (३८, पुरुष) – १८,३३६
कर्णाली प्रदेश, मुगु, निर्वाचन क्षेत्र नं. १ – खड्ग शाही (५८, पुरुष) – ७,९१४
कर्णाली प्रदेश, हुम्ला, निर्वाचन क्षेत्र नं. १ – जयपति रोकाया (४७, पुरुष) – ८,७९७
कर्णाली प्रदेश, जाजरकोट, निर्वाचन क्षेत्र नं. १ – खडकबहादुर बुढा (४०, पुरुष) – २०,१४२
कर्णाली प्रदेश, दैलेख, निर्वाचन क्षेत्र नं. १ – बासना थापा (४५, महिला) – १२,३७२
कर्णाली प्रदेश, सुर्खेत, निर्वाचन क्षेत्र नं. १ – विष्णुबहादुर खड्का (५८, पुरुष) – २६,८९७
सुदूरपश्चिम प्रदेश, बाजुरा, निर्वाचन क्षेत्र नं. १ – जनकराज गिरी (६०, पुरुष) – १७,१७३
सुदूरपश्चिम प्रदेश, अछाम, निर्वाचन क्षेत्र नं. १ – भरतकुमार स्वार (७०, पुरुष) – १०,७५९
राष्ट्रिय स्वतन्त्र पार्टी:
कोशी प्रदेश, झापा, निर्वाचन क्षेत्र नं. ३ – प्रकाश पाठक (३७, पुरुष) – ३८,६७४
कोशी प्रदेश, झापा, निर्वाचन क्षेत्र नं. ४ – शम्भु प्रसाद ढकाल (५०, पुरुष) – ४३,६३१
कोशी प्रदेश, झापा, निर्वाचन क्षेत्र नं. ५ – बालेन्द्र शाह (३६, पुरुष) – ६८,३४८
कोशी प्रदेश, मोरङ, निर्वाचन क्षेत्र नं. १ – यज्ञमणि न्यौपाने (४१, पुरुष) – २७,३६७
कोशी प्रदेश, मोरङ, निर्वाचन क्षेत्र नं. २ – कृष्णकुमार कार्की (४०, पुरुष) – ४०,९२४
कोशी प्रदेश, मोरङ, निर्वाचन क्षेत्र नं. ३ – गणेश कार्की (४०, पुरुष) – ३६,९२४
कोशी प्रदेश, मोरङ, निर्वाचन क्षेत्र नं. ४ – सन्तोष राजवंशी (३४, पुरुष) – ४०,८३३
कोशी प्रदेश, मोरङ, निर्वाचन क्षेत्र नं. ५ – आशा झा (४२, महिला) – ३०,४३४
कोशी प्रदेश, मोरङ, निर्वाचन क्षेत्र नं. ६ – रुबिना आचार्य (३१, महिला) – ५५,५१३
कोशी प्रदेश, सुनसरी, निर्वाचन क्षेत्र नं. २ – लालबिक्रम थापा (३९, पुरुष) – ५७,३४८
कोशी प्रदेश, सुनसरी, निर्वाचन क्षेत्र नं. ३ – अशोककुमार चौधरी (४२, पुरुष) – ४७,४२१
कोशी प्रदेश, सुनसरी, निर्वाचन क्षेत्र नं. ४ – दीपककुमार साह (४९, पुरुष) – ४२,७७१
कोशी प्रदेश, ओखलढुंगा, निर्वाचन क्षेत्र नं. १ – विश्वराज पोखरेल (५९, पुरुष) – १३,९५३
कोशी प्रदेश, उदयपुर, निर्वाचन क्षेत्र नं. १ – पारसमणि गेलाल (४०, पुरुष) – ३०,५९०
कोशी प्रदेश, उदयपुर, निर्वाचन क्षेत्र नं. २ – सूर्यबहादुर तामाङ (४१, पुरुष) – १४,८०२
मधेश प्रदेश, सप्तरी, निर्वाचन क्षेत्र नं. १ – पुष्पाकुमारी चौधरी (३६, महिला) – ३८,१९५
मधेश प्रदेश, सप्तरी, निर्वाचन क्षेत्र नं. २ – रामजी यादव (३०, पुरुष) – २८,४०४
मधेश प्रदेश, सप्तरी, निर्वाचन क्षेत्र नं. ३ – अमरकान्त चौधरी (४४, पुरुष) – ३२,८७५
मधेश प्रदेश, सप्तरी, निर्वाचन क्षेत्र नं. ४ – सिताराम साह (६५, पुरुष) – ३६,४१२
मधेश प्रदेश, सिराहा, निर्वाचन क्षेत्र नं. १ – बब्लु गुप्ता (२८, पुरुष) – ४१,३२२
मधेश प्रदेश, सिराहा, निर्वाचन क्षेत्र नं. २ – शिवशंकर यादव (३०, पुरुष) – ३९,५६१
मधेश प्रदेश, सिराहा, निर्वाचन क्षेत्र नं. ३ – शम्भु कुमार यादव (४१, पुरुष) – ३२,२४९
मधेश प्रदेश, सिराहा, निर्वाचन क्षेत्र नं. ४ – तपेश्वर यादव (३३, पुरुष) – ३६,२१०
मधेश प्रदेश, धनुषा, निर्वाचन क्षेत्र नं. २ – रामविनोद यादव (४९, पुरुष) – ४१,६३७
मधेश प्रदेश, धनुषा, निर्वाचन क्षेत्र नं. ४ – राजकिशोर महतो (५१, पुरुष) – ४८,२७०
मधेश प्रदेश, महोत्तरी, निर्वाचन क्षेत्र नं. १ – प्रमोदकुमार महतो (४०, पुरुष) – ३४,६३६
मधेश प्रदेश, महोत्तरी, निर्वाचन क्षेत्र नं. २ – दीपककुमार साह (३४, पुरुष) – ३२,७२२
मधेश प्रदेश, महोत्तरी, निर्वाचन क्षेत्र नं. ३ – उज्ज्वल कुमार झा (३३, पुरुष) – ३२,४५१
मधेश प्रदेश, महोत्तरी, निर्वाचन क्षेत्र नं. ४ – गौरी कुमारी (५४, महिला) – ३०,१३२
मधेश प्रदेश, सर्लाही, निर्वाचन क्षेत्र नं. १ – नितिमा भण्डारी (कार्की) (४३, महिला) – ४४,१८१
मधेश प्रदेश, सर्लाही, निर्वाचन क्षेत्र नं. २ – रबिन महतो (३८, पुरुष) – ४२,५१२
मधेश प्रदेश, सर्लाही, निर्वाचन क्षेत्र नं. ३ – नरेन्द्र साह कलवार (५३, पुरुष) – ४६,८९०
मधेश प्रदेश, रौतहट, निर्वाचन क्षेत्र नं. १ – राजेशकुमार चौधरी (५४, पुरुष) – २८,९४६
मधेश प्रदेश, रौतहट, निर्वाचन क्षेत्र नं. ३ – रविन्द्र पटेल (४८, पुरुष) – २७,३१८
मधेश प्रदेश, रौतहट, निर्वाचन क्षेत्र नं. ४ – गणेश पौडेल (४३, पुरुष) – ३६,८७६
मधेश प्रदेश, बारा, निर्वाचन क्षेत्र नं. १ – गणेश धिमाल (४३, पुरुष) – ३९,९९८
मधेश प्रदेश, बारा, निर्वाचन क्षेत्र नं. २ – चन्दनकुमार सिंह (४२, पुरुष) – ३५,५९०
मधेश प्रदेश, बारा, निर्वाचन क्षेत्र नं. ३ – अरबिन्द साह (४१, पुरुष) – ४०,६९७
मधेश प्रदेश, बारा, निर्वाचन क्षेत्र नं. ४ – रहवर अन्सारी (३९, पुरुष) – ४१,२००
मधेश प्रदेश, पर्सा, निर्वाचन क्षेत्र नं. १ – बुद्धिप्रसाद पन्त (४६, पुरुष) – २७,२७४
मधेश प्रदेश, पर्सा, निर्वाचन क्षेत्र नं. २ – सुशीलकुमार कानु (३६, पुरुष) – ३०,७४०
मधेश प्रदेश, पर्सा, निर्वाचन क्षेत्र नं. ३ – रामाकान्त प्रसाद चौरसिया (५७, पुरुष) – २९,६७९
मधेश प्रदेश, पर्सा, निर्वाचन क्षेत्र नं. ४ – टेकबहादुर शाक्य (५०, पुरुष) – २८,००६
बागमती प्रदेश, दोलखा निर्वाचन क्षेत्र नं. १: जगदीश खरेल (३६ पुरुष) – ३२,३७६
बागमती प्रदेश, रामेछाप निर्वाचन क्षेत्र नं. १: कृष्णहरि बुढाथोकी (४४ पुरुष) – २४,८०८
बागमती प्रदेश, सिन्धुली निर्वाचन क्षेत्र नं. १: धनेन्द्र कार्की (३८ पुरुष) – १६,६५९
बागमती प्रदेश, सिन्धुली निर्वाचन क्षेत्र नं. २: आशिष गजुरेल (४४ पुरुष) – १७,९४०
बागमती प्रदेश, धादिङ निर्वाचन क्षेत्र नं. १: आसिका तामाङ (३७ महिला) – ३९,१२८
बागमती प्रदेश, धादिङ निर्वाचन क्षेत्र नं. २: बोध नारायण श्रेष्ठ (५६ पुरुष) – २६,१४५
बागमती प्रदेश, नुवाकोट निर्वाचन क्षेत्र नं. १: विक्रम तिमिल्सिना (४३ पुरुष) – २२,६०९
बागमती प्रदेश, नुवाकोट निर्वाचन क्षेत्र नं. २: अच्युत्तम लामिछाने (४८ पुरुष) – ३२,०५४
बागमती प्रदेश, काठमाडौं निर्वाचन क्षेत्र नं. १: रञ्जु न्यौपाने (३० महिला) – १५,४५५
बागमती प्रदेश, काठमाडौं निर्वाचन क्षेत्र नं. २: सुनिल केसी (४३ पुरुष) – ३४,२३८
बागमती प्रदेश, काठमाडौं निर्वाचन क्षेत्र नं. ३: राजुनाथ पाण्डे (५५ पुरुष) – १८,७५७
बागमती प्रदेश, काठमाडौं निर्वाचन क्षेत्र नं. ४: पुकार बम (३८ पुरुष) – २९,१४२
बागमती प्रदेश, काठमाडौं निर्वाचन क्षेत्र नं. ५: सस्मित पोखरेल (२९ पुरुष) – ३०,७३७
बागमती प्रदेश, काठमाडौं निर्वाचन क्षेत्र नं. १०: प्रदीप विष्ट (५१ पुरुष) – ३७,४६९
बागमती प्रदेश, भक्तपुर निर्वाचन क्षेत्र नं. १: रुकेश रञ्जित (४६ पुरुष) – ३३,४३६
बागमती प्रदेश, भक्तपुर निर्वाचन क्षेत्र नं. २: राजीव खत्री (३९ पुरुष) – ४२,३३४
बागमती प्रदेश, ललितपुर निर्वाचन क्षेत्र नं. १: बुद्धरत्न महर्जन (४७ पुरुष) – २३,३७३
बागमती प्रदेश, ललितपुर निर्वाचन क्षेत्र नं. २: जगदीश खरेल (४३ पुरुष) – ३९,४९१
बागमती प्रदेश, काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. १: मधु कुमार चौलागाईं (५६ पुरुष) – २९,६१८
बागमती प्रदेश, काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २: बदन कुमार भण्डारी (३३ पुरुष) – ५३,३४४
बागमती प्रदेश, सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १: भरतप्रसाद पराजुली (५७ पुरुष) – २४,४१२
बागमती प्रदेश, मकवानपुर निर्वाचन क्षेत्र नं. १: प्रकाश गौतम (३७ पुरुष) – ३६,०३३
बागमती प्रदेश, मकवानपुर निर्वाचन क्षेत्र नं. २: प्रशान्त उप्रेती (२५ पुरुष) – ३०,०५०
गण्डकी प्रदेश, लमजुङ निर्वाचन क्षेत्र नं. १: धर्मराज केसी (४५ पुरुष) – ३३,८९८
गण्डकी प्रदेश, कास्की निर्वाचन क्षेत्र नं. १: खड्कराज पौडेल (४६ पुरुष) – ३९,८८३
गण्डकी प्रदेश, कास्की निर्वाचन क्षेत्र नं. २: उत्तमप्रसाद पौडेल (४३ पुरुष) – ३१,९११
गण्डकी प्रदेश, कास्की निर्वाचन क्षेत्र नं. ३: बिना गुरुङ (५३ महिला) – ३७,७५०
गण्डकी प्रदेश, तनहुँ निर्वाचन क्षेत्र नं. २: श्रीराम न्यौपाने (५६ पुरुष) – ३२,६८७
गण्डकी प्रदेश, स्याङ्जा निर्वाचन क्षेत्र नं. १: धनञ्जय रेग्मी (५० पुरुष) – २९,०७१
गण्डकी प्रदेश, स्याङ्जा निर्वाचन क्षेत्र नं. २: झविलाल डुम्रे (३३ पुरुष) – २५,३५४
गण्डकी प्रदेश, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नं. १: राजन गौतम (३९ पुरुष) – ५०,९४५
गण्डकी प्रदेश, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नं. २: मनिष खनाल (२६ पुरुष) – ४१,३४७
गण्डकी प्रदेश, बागलुङ निर्वाचन क्षेत्र नं. १: सुशील खड्का (३९ पुरुष) – २०,९२७
गण्डकी प्रदेश, बागलुङ निर्वाचन क्षेत्र नं. २: सोम शर्मा (३४ पुरुष) – १२,६४७
गण्डकी प्रदेश, पर्वत निर्वाचन क्षेत्र नं. १: सागर भुसाल (४४ पुरुष) – २६,५६१
लुम्बिनी प्रदेश, गुल्मी निर्वाचन क्षेत्र नं. १: सागर ढकाल (३४ पुरुष) – २९,६४२
लुम्बिनी प्रदेश, गुल्मी निर्वाचन क्षेत्र नं. २: गोविन्द पन्थी (५१ पुरुष) – १६,९६७
लुम्बिनी प्रदेश, पाल्पा निर्वाचन क्षेत्र नं. २: माधवबहादुर थापा (४५ पुरुष) – २६,७३६
लुम्बिनी प्रदेश, अर्घाखाँची निर्वाचन क्षेत्र नं. १: हरि प्रसाद भुसाल (३७ पुरुष) – ३५,०२३
लुम्बिनी प्रदेश, रूपन्देही निर्वाचन क्षेत्र नं. १: सुनिल लम्साल (३५ पुरुष) – ५४,८४५
लुम्बिनी प्रदेश, रूपन्देही निर्वाचन क्षेत्र नं. २: सुलभ खरेल (२८ पुरुष) – ५६,५५०
लुम्बिनी प्रदेश, रूपन्देही निर्वाचन क्षेत्र नं. ३: डा. लेखजंग थापा (४८ पुरुष) – ५८,८१४
लुम्बिनी प्रदेश, रूपन्देही निर्वाचन क्षेत्र नं. ४: कन्हैया बनिया (३६ पुरुष) – २८,०६६
लुम्बिनी प्रदेश, रूपन्देही निर्वाचन क्षेत्र नं. ५: तौफिक अहमद खान (३८ पुरुष) – ३८,८०६
लुम्बिनी प्रदेश, कपिलबस्तु निर्वाचन क्षेत्र नं. १: मोहनलाल आचार्य (५३ पुरुष) – ३४,१४८
लुम्बिनी प्रदेश, कपिलबस्तु निर्वाचन क्षेत्र नं. २: विक्रम थापा (६३ पुरुष) – २७,६३५
लुम्बिनी प्रदेश, प्यूठान निर्वाचन क्षेत्र नं. १: सुशान्त वैदिक (३१ पुरुष) – २७,४६९
लुम्बिनी प्रदेश, दाङ निर्वाचन क्षेत्र नं. १: देवराज पाठक (६० पुरुष) – ४२,६०२
लुम्बिनी प्रदेश, दाङ निर्वाचन क्षेत्र नं. २: विपिन कुमार आचार्य (३९ पुरुष) – ४३,५५९
लुम्बिनी प्रदेश, दाङ निर्वाचन क्षेत्र नं. ३: कमल सुबेदी (३८ पुरुष) – ४४,२४८
लुम्बिनी प्रदेश, बाँके निर्वाचन क्षेत्र नं. १: सुरेश कुमार चौधरी (५६ पुरुष) – ३२,७९२
लुम्बिनी प्रदेश, बाँके निर्वाचन क्षेत्र नं. ३: खगेन्द्र सुनार (३५ पुरुष) – २९,५५१
लुम्बिनी प्रदेश, बर्दिया निर्वाचन क्षेत्र नं. १: ठाकुर सिंह थारु (५१ पुरुष) – ४९,६३१
लुम्बिनी प्रदेश, बर्दिया निर्वाचन क्षेत्र नं. २: श्रीधर पोख्रेल (५३ पुरुष) – २९,६७८
लुम्बिनी प्रदेश, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. १: विक्रम खनाल (५५ पुरुष) – ४५,२४१
लुम्बिनी प्रदेश, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. २: नरेन्द्र कुमार गुप्ता (५१ पुरुष) – ४४,१३८
कर्णाली प्रदेश, सुर्खेत निर्वाचन क्षेत्र नं. २: रमेश कुमार सापकोटा (४६ पुरुष) – ३०,८२६
सुदूरपश्चिम प्रदेश, कैलाली निर्वाचन क्षेत्र नं. १: कोमल ज्ञवाली (४७ महिला) – १७,८२६
सुदूरपश्चिम प्रदेश, कैलाली निर्वाचन क्षेत्र नं. २: के.पी. खनाल (२६ पुरुष) – १९,०५७
सुदूरपश्चिम प्रदेश, कैलाली निर्वाचन क्षेत्र नं. ३: जगत प्रसाद जोशी (३९ पुरुष) – २०,३५९
सुदूरपश्चिम प्रदेश, कैलाली निर्वाचन क्षेत्र नं. ४: खेमराज कोइराला (४८ पुरुष) – २८,५५६
सुदूरपश्चिम प्रदेश, कैलाली निर्वाचन क्षेत्र नं. ५: आनन्दबहादुर चन्द (५० पुरुष) – ३१,९५३
सुदूरपश्चिम प्रदेश, बैतडी निर्वाचन क्षेत्र नं. १: हरिमोहन भण्डारी (५९ पुरुष) – २२,१३४
सुदूरपश्चिम प्रदेश, डडेलधुरा निर्वाचन क्षेत्र नं. १: तारा प्रसाद जोशी (५४ पुरुष) – १९,१३१
सुदूरपश्चिम प्रदेश, कञ्चनपुर निर्वाचन क्षेत्र नं. १: जनक सिंह धामी (५५ पुरुष) – २४,३३२
सुदूरपश्चिम प्रदेश, कञ्चनपुर निर्वाचन क्षेत्र नं. २: दीपक राज बोहरा (३८ पुरुष) – ३३,९५२
सुदूरपश्चिम प्रदेश, कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३: ज्ञानेन्द्र सिंह महता (४० पुरुष) – २७,११८
प्रकाशित: २५ फाल्गुन २०८२ १७:१७ सोमबार





