१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

म पहिलो सांसद हुँ, जसले व्यवस्थित कार्यालय बनायोः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले सांसदको व्यवस्थित कार्यालय बनाएर काम गर्ने पहिलो नेता भएको दाबी गरेका छन्। बिहीबार सर्लाह–४को एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।  

‘म नेपालको पहिलो सांसद हो, जसले सांसद भएदेखि व्यवस्थित सांसदको कार्यालय चलाएको छ,’ महामन्त्री थापाले भने, ‘मेरो कार्यालय यहाँ हुन्छ। यहाँको नागरिकले जुन बेला चाह्यो त्यो बेला त्यहाँ जानुहुन्छ, आफ्नो समस्या टिपाउनुहुन्छ। मेरो काठमाडौंमा पनि सर्लाही–४ को कार्यालय हुन्छ। त्यहाँ तुरुन्त टिपाइन्छ। तपाईँहरूका धेरै काम त्यही कार्यालयबाटै हुन्छ।’

आफू लगातार सर्लाही आइराख्ने पनि सभापति थापाले प्रतिबद्धता व्यक्त गरे।  ‘यहाँ आएर कार्यालयसँग मिलेर काम गर्छु,’ उनले भने। आफ्नो शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइको टिम रहेको उनले बताए। बिहीबारै आइटीको टिम पनि सर्लाही–४ पुग्न लागेको उनले सुनाए।  

आफ्नो टिमले तयार पारेको रिपोर्टका आधारमा पाँच वर्षभित्र आफूले गर्ने काम तय हुने उनले बताए। ‘मधेसको ३२ निर्वाचन क्षेत्रमध्ये उत्कृष्ट काम गरेको क्षेत्र सर्लाही–४ हो भनेर मैले बनाउँछु,’ सभापति थापाले भने।  

प्रकाशित: १५ माघ २०८२ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App