गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका आठ जना अधिकृतहरूको सरुवा तथा पदस्थापना गरेको छ।
मन्त्रालयको असोज १२ गतेको निर्णयानुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ), सहायक प्रमुख जिल्ला अधिकारी र सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
मन्त्रालयको पछिल्लो निर्णयसँगै सिराहा, गुल्मी र डोटीले नयाँ प्रमुख जिल्ला अधिकारी पाएका छन् भने केही जिल्लाका सिडिओलाई मन्त्रालय तानिएको छ।
निर्णयानुसार जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी शान्ति राज प्रसाईलाई सिराहाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।
यस्तै, गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव मोतीराम सापकोटालाई गुल्मीको प्रमुख जिल्ला अधिकारी र सहसचिव तुलसी बहादुर श्रेष्ठलाई डोटीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ।
यसैगरी, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई गृह मन्त्रालय वा अन्तर्गत तानिएको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवर र कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई सहसचिवका रूपमा मन्त्रालय तानिएको छ भने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई उपसचिवका रूपमा गृह मन्त्रालयमा सरुवा गरिएको छ।
प्रशासनिक हेरफेरअन्तर्गत अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा समेत जिम्मेवारी परिवर्तन भएको छ। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद घिमिरेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने गृहका उपसचिव भक्तीराम मरासिनीलाई अर्घाखाँचीको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ।
सूची यस प्रकार छ :
१. बिनु बज्राचार्य कुँवर (संकेत नं. १८९५१३)
हालको पद/कार्यालय : प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, रामेछाप
सरुवा भएको पद/कार्यालय : सहसचिव (रा.प. प्रथम), गृह मन्त्रालय वा अन्तर्गत
२. शान्ति राज प्रसाई (संकेत नं. १५४८९६)
हालको पद/कार्यालय : प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, प्युठान
सरुवा भएको पद/कार्यालय : प्रमुख जिल्ला अधिकारी (रा.प. प्रथम), जिल्ला प्रशासन कार्यालय, सिराहा
३. मोतीराम सापकोटा (संकेत नं. १८५०२८)
हालको पद/कार्यालय : सहसचिव, गृह मन्त्रालय वा अन्तर्गत
पदस्थापना भएको पद/कार्यालय : प्रमुख जिल्ला अधिकारी (रा.प. प्रथम), जिल्ला प्रशासन कार्यालय, गुल्मी
४. जनार्दन गौतम (संकेत नं. १२७५३७)
हालको पद/कार्यालय : प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु
सरुवा भएको पद/कार्यालय : सहसचिव (रा.प. प्रथम), गृह मन्त्रालय वा अन्तर्गत
५. तुलसी बहादुर श्रेष्ठ (संकेत नं. १४७०५९)
हालको पद/कार्यालय : सहसचिव, गृह मन्त्रालय वा अन्तर्गत
पदस्थापना भएको पद/कार्यालय : प्रमुख जिल्ला अधिकारी (रा.प. प्रथम), जिल्ला प्रशासन कार्यालय, डोटी
६. कल्पना घिमिरे नेपाल (संकेत नं. १९१७५३)
हालको पद/कार्यालय : प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, डोटी
सरुवा भएको पद/कार्यालय : उपसचिव (रा.प. द्वितीय), गृह मन्त्रालय वा अन्तर्गत
७. भक्तीराम मरासिनी (संकेत नं. १७३३२८)
हालको पद/कार्यालय : उपसचिव, गृह मन्त्रालय वा अन्तर्गत
पदस्थापना भएको पद/कार्यालय : सहायक प्रमुख जिल्ला अधिकारी (रा.प. द्वितीय), जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
८. नेत्र प्रसाद घिमिरे (संकेत नं. १७५०३८)
हालको पद/कार्यालय : सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
सरुवा भएको पद/कार्यालय : उपसचिव (रा.प. द्वितीय), गृह मन्त्रालय वा अन्तर्गत
प्रकाशित: १३ आश्विन २०८३ २१:१५ मंगलबार





