२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

एन्फाको निर्वाचन तत्काल नगर्न उच्चको आदेश

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश कृपासुर कार्कीको एक इजलासले आज एन्फाको निर्वाचनसम्बन्धी कुनै पनि कार्य नगर्नु नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

‘उम्मेदवारी दर्ता फारम बुझ्नेलगायत निर्वाचन सम्बन्धीको अन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी विपक्षीको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ’, आदेशमा भनिएको छ।

एन्फाले आगामी माघ २८ गते निर्वाचन हुने तालिका सार्वजनिक गरेको थियो। अदालतले दुवै पक्षको छलफलका लागि आगामी माघ ६ गते पेशी तोकिएको छ।

अमित खत्रीले राष्ट्रिय खेलकुद परिषद्लाई विपक्षी बनाइ दायर गरेको रिट निवेदनमा आगामी असार ४ गतेसम्म वर्तमान कार्यसमितिको कार्यकाल रहेकाले अग्रिम चुनाव नगर्न आदेश माग गरिएको थियो।

अदालतले आधार, कारण र प्रमाण भए सवूद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीले आफैं वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेश र निवेदनपत्रको प्रतिलिपि साथै राखी विपक्षीका नाममा म्याद सूचना जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नु भनेको छ।

प्रकाशित: २८ पुस २०८२ २०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App