१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

हर्क भन्छन्ः सरकारले मलाई सधैँ अपमान गरिरह्यो

फाइल तस्बिर

धरानका मेयर हर्क साम्पाङले  विदेशले सम्मान गरे पनि सरकारले  सधैँ अपमान गरिरहेको बताएका छन्। आफ्नो श्रम अभियानलाई  गैर कानुनी भन्दै मुद्दामाथि मुद्दा थोपरीरहेपनि आफूले कहिल्यै हरेस नखाएको उनले सामाजिक सञ्जालमा लेखेका छन्।  

‘वर्ल्ड बुक अफ रेकर्ड लन्डनले मलाई र मेरो अभियानलाई चिन्यो सम्मान गर्‍यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर मेरो देशको सरकारले मलाई सधैँ अपमान गरिरह्यो, मेरो अभियानलाई गैर कानुनी भन्दै मुद्दा माथि मुद्दा थोपरिरह्यो ।’ 

उनले  यस्तो अवस्थामा पनि आफूले कहिल्यै नथालेको र कहिल्यै नगलेको  बताउँछन्। ‘तर मैले कहिल्यै थाकेँ गलेँ भनिनँ ! हरेस खाइनँ ! अविचलित बनी सबैलाई जुट्ने आह्वान गरिनै रहेँ !,’ उनी लेख्छन्, ‘अब मेरो श्रम र श्रमदानको अभियान यो देशको केन्द्रीय नीतिमा लेख्न जाँदै छु ! मलाई साथ दिनोस् ! देश चाहिन्छ भन्ने जति जुटौँ !’

प्रकाशित: २३ श्रावण २०८२ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App