१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

मतदानको दिन मौसम कस्तो रहला ?

प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन उच्च पहाडी तथा हिमाली भेगको एकदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

आज (शुक्रबार) रातिदेखि मंगलबारसम्म देशभरका उच्च हिमाली तथा पहाडी भेगको एकदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मतदानको दिन फागुन २१ गते कोशी, गण्डकी र बागमती प्रदेशको उच्च हिमाली र पहाडी भेगको एकदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ। यद्यपी ठूलो पानी पर्ने सम्भावना भने कतै नरहेको मौसमविद् संजिव अधिकारीले जानकारी दिए।  

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदानको दिन पानी परिहाले व्यवस्थापन गर्न सक्ने अवस्थामा रहेको बताएका छन्।  

प्रकाशित: १५ फाल्गुन २०८२ १७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App