२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

सुदन बारे हर्क साम्पाङले भने: उहाँ हाम्रो मान्छे हो, अफवाह नफैलाउनू

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीको खम्बा बनेर जोडिइसकेको बताएका छन् ।  

हर्क र सुदनबीचको एकतालाई लिएर आइरहेका विभिन्न अफवाहलाई चिर्दै उनले किराती पार्टीमा जोडिइसकेको बताएका हुन् ।

सामाजिक सञ्जालमा साम्पाङले भनेका छन्, ‘सुदन किराती ज्यु श्रम संस्कृतिको खम्बा बनेर जोडिइसक्नुभएको छ । यो, त्यो भनेर अफवाह नफैलाउनू ।’

वरिष्ठ नेताको रुपमा सुदन श्रम संस्कृतिमा जाने चर्चा चले पनि ‍औपचारिक निर्णय भने भएको छैन ।

प्रकाशित: २३ वैशाख २०८३ २०:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App