धरान उपमहानगरपालिकाका मेयर हेर्क साम्पाङ एमसिसीको विषयलाई लिएर फेरि आरोप प्रत्यारोपमा उत्रिएका छन्। उनले एमसिसी पास हुँदा आफू सडक विरोधमै रहेको बताउँदै अन्यको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन्।
'हामी सडकमा थियौँ! एमसिसी पास भइरहँदा कुलमान जी को भूमिका के थियो साँचि?' उनले सामाजिक सञ्जलामा लेखेका छन्, 'यो कुराले निक्कै महत्व राख्छ है! स्वर्णीम जी त एमसिसीको मतियार नै हो क्यार!'
एमसिसीले नेपालमा लगानीलाई निरन्तरता दिइरहेको सन्दर्भमा उनको यस्तो प्रतिक्रिया आएको हो।
प्रकाशित: १६ श्रावण २०८२ ०८:३५ शुक्रबार





