१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

बालेनलाई ज्ञानेन्द्रको जवाफ : धन्न पृथ्वीनारायण शाहकै कारण नेपाली हुँ भन्न पाएका छौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेकै कारण आज नेपालीहरूले आफ्नो पहिचानसहित विश्वमा उभिन पाएको बताएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा भएको आलोचनाप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेपछि शाहीले त्यसको जवाफ फर्काउँदै यस्तो बताएका हुन्।

शाहीले पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज कोही प्रधानमन्त्री, कोही मन्त्री बन्न पाउने अवस्था पनि उनकै योगदानको परिणाम भएको बताए।

'धन्न श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल बनाएर आज कोही प्रधानमन्त्री, कोही मन्त्री हुँ भन्न पाएका छौँ,' शाहीले भने, 'संसारको जुनसुकै कुनामा पुगे पनि गर्वका साथ म नेपाली हुँ भन्न पाएका छौँ।'

प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमा 'धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्' भन्दै व्यङ्ग्य गरेका थिए।

प्रकाशित: १९ आश्विन २०८३ ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App