१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जलवायु प्रकोपको तयारीमा सरकार जिम्मेवार हुनुपर्छ: महामन्त्री थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री र प्रतिनिधिसभा सांसद गगनकुमार थापाले सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा जिम्मेवार बनाउन जोड दिएका छन्।  

आजदेखि सुरु भएको हिन्दूकुश हिमालय क्षेत्रका सांसदहरूको बैठकको पहिलो सत्रलाई सम्बोधन गर्दै उनले अहिले दक्षिण एसिया जलवायु परिवर्तनले ल्याएका चुनौतीहरू सबैभन्दा संवेदनशील क्षेत्रको रूपमा देखिएको बताएका छन्। उनले भारत, पाकिस्तान, नेपाल र बंगलादेशमा पछिल्ला जलवायुजन्य घटनाहरूले यस क्षेत्रमा जलवायु संकट देखाएको उल्लेख गर्दै समयमा सतर्कता अपनाउन जोड दिए।  

महामन्त्री थापाले पाकिस्तानमा हालै आएको बाढीपहिरो, साथै यस क्षेत्रभर देखिएका जलवायुसम्बन्धी अन्य प्रकोपहरूलाई उदाहरण दिंदै यो संकटको गम्भीर स्मरण गराएका छन्। उनले भने, ‘हामीले सीमापार जोखिम मूल्यांकन गर्न सक्छौं, जानकारी र ज्ञानको सीमापार साझेदारी गर्न सक्छौं। जलवायुजन्य संकट न्यूनीकरणका लागि अब चुप लागेर बस्नुहुन्न।’  

महामन्त्री थापाले भविष्यमा यस्ता जलवायु संवादलाई निरन्तरता दिन आवश्यक रहेको बताए। ‘संसदीय बहसहरू, संवादहरू जारी राखौं,’ उनले भने। उनले जलवायुसम्बन्धी मुद्दालाई राष्ट्रिय बहसको मूलधारमा ल्याउन सांसदहरूको भूमिका महत्वपूर्ण रहेको र समुदायस्तरबाट संकलित जलवायु अनुकूलनका ज्ञानलाई राष्ट्रिय नीति निर्माण र कार्यान्वयनमा प्रयोग गर्नुपर्ने बताए। रासस

प्रकाशित: २ भाद्र २०८२ १५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App