२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

क्यानको नेतृत्व चयनप्रति जेन-जीको आपति

जेन्जी २.० ले नागरिक उड्डयन प्राधिकरण (क्यान) को नेतृत्व चयनप्रति आपति जनाएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरी क्यानमा देखिएको सरकारी प्रक्रियाप्रति कडा आपत्ति जनाएको हो ।

भ्रष्टाचार आरोपमा निलम्बित महानिर्देशकको स्थानमा मन्त्रालयकै सहसचिवलाई दोहोरो जिम्मेवारीसहित प्राधिकरणको कार्यकारी नेतृत्व दिएकोमा उसको आपति । यसबाट सुशासन र संस्थागत मर्यादाविरुद्धको कदम भएको उसको भनाई हो ।

प्रकाशित विज्ञप्तिमा क्यान ऐनले प्राधिकरणलाई स्वतन्त्र नियामक निकायका रूपमा परिभाषित गरेको उल्लेख गरेको छ । यसले मन्त्रालयका कर्मचारीलाई शक्तियुक्त पदमा राख्नु प्रत्यक्ष हित–विवाद उत्पन्न गर्ने निर्णय भएको टिप्पणी गरेको उसको छ । संगठनका अनुसार यसले क्यान र मन्त्रालय दुवैको निर्भरतामा प्रश्न उठाउँछ । साथै यसले संस्थागत अनुशासन कमजोर पार्छ ।

खुला प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने अवसर हुँदाहुँदै मन्त्रालयकै सहसचिवलाई दोहोरो जिम्मेवारी दिइनुले सरकारी अविश्वास देखाएको संगठनको मूल्यांकन छ । धितोपत्र बोर्ड, बीमा प्राधिकरण र क्यानजस्ता नियामक संस्थामा मन्त्रालयबाटै प्रमुख नियुक्त गर्ने क्रम बढ्दै जानु संस्थागत स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेपजस्तै देखिएको जेनजी २.० को भनाइ छ ।

जेनजी २.० का प्रवक्ता अबिन लिम्बूले सरकारलाई क्यानको नेतृत्व प्राधिकरणभित्रैका योग्य र पेशेवर जनशक्तिबाट नियुक्त गर्न आग्रह गरे । उनले दोहोरो जिम्मेवारी दिने अभ्यास तत्काल रोक्नुपर्ने र निलम्बित महानिर्देशकको मुद्दा निष्कर्षमा पुग्दासम्म निष्पक्ष कार्यवाहक नेतृत्व व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले नेपाल जस्तो संवेदनशील हवाई–सुरक्षा चुनौती बोकेको देशमा यस्तो अभ्यासले सुरक्षा, पारदर्शिता र अन्तर्राष्ट्रिय विश्वसनीयतामा नकारात्मक असर पर्ने बताए ।

संगठनले सम्बद्ध निकायहरूलाई सुधारात्मक कदम तत्काल चाल्न औपचारिक आग्रह पनि गरेको छ ।

 

प्रकाशित: २१ मंसिर २०८२ १९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App