१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलन एक महान क्रान्तिकारी विद्रोह: भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै भएको जेन-जी आन्दोलन एक महान क्रान्तिकारी विद्रोह भएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

कुनै पनि पार्टीको प्रतिनिधित्व नगरी एक व्यक्तिको हैसियतमा कार्यक्रममा उपस्थित भएको उल्लेख गर्दै डा. भट्टराईले भने, ‘म तपाईंहरूको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्न र निरन्तर नेपाली समाजलाई लोकतान्त्रीकरणको प्रक्रियामा अझै उन्नत, समावेशी र सहभागितामूलक लोकतन्त्रतर्फ लैजाने मान्यतामा होस्टेमा हैंसे गर्न उपस्थित भएको छु।’

आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै डा. भट्टराईले अहिलेको युवा आन्दोलन र आफ्नो पुस्ताले गरेको पञ्चायतविरोधी आन्दोलनबीच तुलना गरे।

उनले भने, ‘आजभन्दा करिब ५० वर्ष पहिले, २०३५/३६ सालतिर, जतिबेला नेपालमा निरंकुश राजतन्त्र चरम सीमामा थियो, त्यतिबेला हामीले पनि यही पुस्ताले जस्तै आन्दोलन गरेका थियौं।’

उनले २०४६ सालको जनआन्दोलनमा आफू संयुक्त राष्ट्रिय जनआन्दोलनको प्रवक्ता र संयोजकको भूमिकामा रहेको पनि स्मरण गरे।

प्रकाशित: १४ कार्तिक २०८२ १४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App