२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसको आकस्मिक बैठकमा गगन-विश्व ‘एब्सेन्ट’

फाइल।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक उपस्थित भएनन्।

शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा दुवै महामन्त्री अनुपस्थित भएका हुन्।

पार्टी नेतृत्वसँगको असन्तुष्टिका बीच महामन्त्रीद्वयले बैठक बहिष्कार गरेको बुझिएको छ।

बैठकमा सहभागी हुनका लागि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्यहरू तथा सातवटै प्रदेशका सभापतिहरूलाई निमन्त्रणा गरिएको थियो। तर, पार्टी सञ्चालन र नेतृत्वको कार्यशैलीप्रति विमति राख्दै आएका थापा र शर्मा सानेपा पुगेनन्।

केन्द्रीय समितिको बैठक बहिष्कार गरेका महामन्त्रीद्वयले समानान्तर रूपमा ‘विशेष महाधिवेशन’ को प्रक्रिया अघि बढाएका छन्।

उनीहरूले आगामी फागुन २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन्।

हेराैं बैठकका तस्बिरहरु।

प्रकाशित: २६ पुस २०८२ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App