संघीय संसद्का आज विभिन्न चार संसदीय समितिको बैठक बस्दैछ।
अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।
अर्थ समितिको बैठकमा 'वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' माथि दफावार छलफल गर्ने कार्यसूची छ। कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारमा यही साउन २३ गते घटेको घटना र सोको प्रभाव र समस्या समाधानको उपायबारे गृहमन्त्रीसँग छलफल गर्ने कार्यक्रम छ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ुभूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ु को सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ।
त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा महालेखापरीक्षको ६२औँ प्रतिवेदनमा समेटिएको मूलभूत पक्षको बारेमा छलफल गर्ने कार्यक्रम छ।
प्रकाशित: २८ श्रावण २०८२ ०६:३२ बुधबार





