२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

नवनियुक्त चार मन्त्रीले लिए शपथ (तस्बिरहरु)

नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।

पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले यी मन्त्रीहरू नियुक्त गरी शपथग्रहण गराएका हुन्। यसअघि प्रधानमन्त्री कार्कीसहित ३ जना मन्त्रीले शपथ लिएका थिए।

जेनजी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको थियो।

सबै तस्बिर: विजय राई/नागरिक

प्रकाशित: ६ आश्विन २०८२ १५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App