नेपाली कांग्रेस नवलपुर–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि निवर्तमान सांसद विष्णुकुमार कार्की, युवा नेता शंकर तिवारीसहित चार जनाको नाम सिफारिस भएको छ। क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारीका लागि कार्की र तिवारीसहित चार जनाको नाम सिफारिस गरेको हो।
कार्की २०७९ को निर्वाचनमा निर्वाचित सांसद हुन्। उनले एमालेको ३० वर्ष लामो विरासत भत्काउँदै जित निकालेका थिए।
यस्तै युवा नेता तिवारी कांग्रेसको नीति प्रशिक्षण प्रतिष्ठानको सदस्य रहिसकेका व्यक्ति हुन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग निकट रहेर काम गरिरहेका तिवारी यसअघि कांग्रेसको केन्द्रीय घोषणापत्र मस्यौदा समितिमा समेत बसेर काम गरेका पात्र हुन्।
तिवारीको नाम २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट सिफारिस भएको थियो। तर, अन्तिममा कार्कीले टिकट पाएका थिए। कांग्रेसका ऐतिहासिक दस्तावेजको खोज तथा प्रकाशनमा काम गरेका तिवारीले दर्जनौँ पुस्तक पनि प्रकाशन गरेका छन्।
प्रकाशित: २३ मंसिर २०८२ १९:३१ मंगलबार



-600x400.jpg)

