१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मधेशका पूर्वमुख्यमन्त्री र पूर्वसभामुखले दिए राजीनामा

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री र पूर्वसभामुखले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका छन्। 

सोमबार पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेश सभामा पत्र बुझाएर राजीनामा दिएका हुन्। दुवै जनाले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्।

मण्डल धनुषा निर्वाचन क्षेत्र नम्बर १ को ख बाट नेकपा एमालेबाट निर्वाचित भएका थिए भने सिंह सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को क बाट जनमत पार्टीबाट निर्वाचित भएका थिए।

सिंह स्वाभिमान पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। मण्डललाई धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेले उम्मेदवार बनाउने तयारी गरेको छ।

प्रकाशित: ५ माघ २०८२ १३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App