६ असार २०८३ शनिबार
image/svg+xml
राजनीति

ब्रेन ड्रेन होइन, ब्रेन गेनमा जोड दिनुपर्छ : मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको जनशक्ति विदेशिनुलाई केवल ‘ब्रेन ड्रेन’ का रूपमा नहेरी ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने गरी हेरिनु पर्ने बताएका छन्।  

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद खुश्बु ओलीले उठाएको प्रश्नको जवाफ दिँदै प्रश्नको जवाफ दिँदै मन्त्री पुनले यस्तो बताएका हुन्।  

उनले भने, ‘नेपालका प्रतिभाहरू विदेश गएर ड्रेन भए भन्ने होइन, उनीहरूको ज्ञान, सीप र अनुभवलाई देशको विकासमा कसरी उपयोग गर्ने भन्ने सोच विकास गर्नुपर्छ। ब्रेन गेनको कुरा धेरै वर्षदेखि सुनिँदै आएको छ, तर अब यसलाई कागज र भाषणमा मात्रै सीमित नराखी व्यवहारमा उतार्नुपर्छ।’  

मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले ब्रेन गेनको अवधारणालाई कार्यान्वयनमा ल्याउन अध्ययन गरिरहेको बताए। सरकारको प्रमुख प्राथमिकता सूचना प्रविधि र एआई क्षेत्रको विकास रहेको भन्दै उनले एआई तथा आइटीको जिम्मेवारी प्रधानमन्त्रीको  मातहतमा राखिएको बताए।  

‘पहिले सञ्चार मन्त्रालयअन्तर्गत रहेको एआई र आइटीसम्बन्धी जिम्मेवारी अहिले प्रधानमन्त्रीको मातहतमा ल्याइएको छ। यसलाई कुनै एक व्यक्ति वा मन्त्रालयले मात्र होइन, सबै सरोकारवालाले मिलेर अघि बढाउनुपर्छ,’ उनले भने। 

प्रकाशित: ४ असार २०८३ १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App