एरिका गुरुङले २२औं सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार कांस्य पदक जितेकी छन् ।
इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा कांस्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।
एरिकाले काजकिस्तानकी खेलाडीलाई ११–२ ले पराजित गर्दै कांस्य जितेकी हुन् । त्यसअघि सेमिफाइनलमा उनी इन्डोनेसियाका अल हुमाइरा लुबिससँग ३-१ ले पराजित भएपछि फाइनल पुग्ने अवसर गुमाएको हुन् ।

अल हुमाइरा फाइनलमा पुगेपछि एरिकाले कांस्य पदक लागि प्रतिस्पर्धा गर्ने अवसर पाइन् । गत संस्करण भने एरिकाले रजत जितेकी थिइन् । नेपाली टोलीको काता प्रशिक्षकमा मन्डेकाजी श्रेष्ठ छन् ।
उनी १३औं दक्षिण एसियाली खेलकुदमा कातातर्फ नै दोहोरो स्वर्ण पदक विजेता पनि हुन् । यस च्याम्पियनसिपमा कुल ११ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । कातामा सानुमाया थिङ र स्वर्निम मानन्धरले प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित: ५ असार २०८३ २१:५१ शुक्रबार





