१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस, एमालेको अहङ्कार अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी आवश्यक: रावल

नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न निष्पक्ष र स्वतन्त्र मताधिकारको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देशसभालाई सदरमुकाम मार्तडीमा सम्बोधन गर्दै रावलले सरकारले जेन-जी आन्दोलनका क्रममा फरार कैदीबन्दीलाई निर्वाचनको मिति अघि नै पक्राउ गर्नुपर्ने, लुटेका हातहतियार नियन्त्रणमा लिनुपर्ने बताए।

नेता रावलले कांग्रेस, एमालेको बेथिति र अहङ्कार अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी आवश्यक भएको धारणा राखे।

उनले नेपालको स्वाधीनता, जनताको हकअधिकार, गौरव र समृद्धिलाई माथि उठाउन नेपाली कम्युनिष्ट पार्टीले सङ्कल्प गरेको उल्लेख गरे।

एकता सन्देशसभामा नेपाली कम्युनिष्ट पार्टीका नेता भानुभक्त जोशी, खगराज भट्ट, प्रकाश शाहलगायतले सभालाई सम्बोधन गरेका थिए।

प्रकाशित: २९ मंसिर २०८२ २०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App