१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

आन्दोलनरत जेन-जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेन(जी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।  

समितिको सोमबार बसेको बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरुलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरु राख्न आग्रह पनि गरेको छ । गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च शतर्कता अपनाउन निर्देशन दिने निर्णय भएको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए । समितिले सामाजिक सञ्जाल सन्दर्भमा तथ्यगत कुरा समितिको आगामी बैठकमा जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।  

सभापति थापाले आन्दोलनको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । जेन(जी आन्दोलनका कारण सोमबार काठमाडौको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रकाशित: २३ भाद्र २०८२ १७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App