२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २२:४७ अपराह्न
राजनीति

केरुङ नाकाको समस्या समाधान गर्न माग

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौताले रसुवाको केरुङ सडकखण्ड अवरोध हुँदा चीनबाट सामान ल्याउन समस्या भएकाले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा उनले चाडपर्व नजिकिँदै गर्दा चीनबाट सामान ल्याउन समस्या भएकोप्रति सरकारको ध्यानाकषर्ण गराएका हुन्।

उनले भने, “गएको असार २४ गते रसुवामा भीषण बाढी गयो, केरुङ नाकाको मितेरी पुलमा क्षति भयो, केरुङ नाका अहिले अवरुद्ध छ, त्यसको कारण केरुङ भएर नेपालतर्फ आउने सबै गाडीहरु रोकिएका छन्, त्यसको चाप अहिले तातोपानी नाकामा परेको छ, तातोपानीबाट पनि प्रत्येक दिन आठ/दश वटा मात्रै कन्टेनर नेपाल आउने र जाने अवस्था रहेछ, यसलाई समाधान गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।”

उनले कोदारी खण्डमा यातायातका लागि असहज भएकाले सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: २० श्रावण २०८२ १५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App