प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले सङ्ख्याको दम्भमा जे गर्दा पनि हुन्छ भनेर कुशासनको तानाशाही गाडा कुदाइरहेको आरोप लगाएका छन्। सोमबार (आज) संसद्मा बोल्दै दाहालले यस्तो बताएका हुन्।
'तपाईंहरूले सङ्ख्याको दम्भमा जे गर्दा पनि हुन्छ भनेर कुशासनको तानासाही गाडा कुदाउँदै हुनुहुन्छ। अहिले आम नेपाली जनता हाम्रो अदालतको निर्णय शैली कस्तो छ, संवैधानिक अङ्गहरू कुन मान्यतामा बन्ने र भत्किने गरेका छन्, हाम्रा संसद्का समितिहरू कुन मूल्यमा टेकेर अगाडि बढेका छन्, दुनियाँले हेरिरहेका छन्। हामी सबैको निम्ति चुनौती छन्। शान्ति सम्झौता, गणतन्त्रका सहयात्रीहरू हौँ। हामीले समीक्षा नगर्ने हो भने र आफूलाई सच्याउन सङ्कल्प नगर्ने हो भने जनताको धैर्यताको सीमा सधैँ रही रहँदैन,' उनले भने।
प्रकाशित: ३० असार २०८२ १५:०४ सोमबार





