जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारीले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलबिच सहकार्य आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले नेपालको राजनीतिक परिवर्तनमा कांग्रेसको महत्त्वपूर्ण भूमिका रहेको बताएका हुन्। प्राप्त उपलब्धिको रक्षा गर्न सबै दल एक ठाउँमा उभिनुपर्ने उनको तर्क थियो।
देश आर्थिक, सामाजिक र भू–राजनीतिक संक्रमणबाट गुज्रिरहेको भन्दै भण्डारीले दलबिचको खिचातानीभन्दा माथि उठेर आर्थिक समृद्धिमा ध्यान दिनुपर्ने बताए।
उनले संविधानलाई समयानुकूल संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप समावेशी र प्रभावकारी बनाउनुपर्नेमा उनको जोड थियो।
प्रकाशित: १८ आश्विन २०८३ १६:५६ आइतबार





