१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

प्रधामन्त्री भन्छन्- धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले गाली गर्न पाए

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाले आफूमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत जवाफी व्यङ्ग्य प्रहार गरेका छन्।

कांग्रेसलाई ‘नयाँ पार्टी’ भन्दै प्रधानमन्त्री शाहले आफूले सुधार गरेको खुलामञ्चमै उभिएर आफूलाई गाली गर्ने अवसर मिलेको भन्दै कटाक्ष गरेका हुन्।

आइतबार खुलामञ्चमा आयोजित महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले प्रधानमन्त्री संसद्‍मा उपस्थित नहुने गरेको बताएका थिए।

उनले भन्दै ‘संसद् खुला छैन, संसभित्र पनि खुलामञ्च चाहिएको छ’ भनी प्रधानमन्त्रीको आलोचना गरेका थिए।

जवाफमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’

कांग्रेस सभापति थापाको अभिव्यक्तिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले काठमाडौं महानगरको नेतृत्वमा रहँदा व्यवस्थित गरिएको खुलामञ्चको प्रसङ्ग जोडेर राजनीतिक जवाफ फर्काएका हुन्।

प्रकाशित: १८ आश्विन २०८३ २१:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App