नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले संसद्मा नेपाली कांग्रेसले नयाँ पहिचान बनाउने दावी गरेका छन् ।
नागरिक दैनिकको प्रस्तुती ‘नागरिक फ्रन्टलाइन’मा कुरा गर्दै सांसद थकालीले संसद्मा नेपाली कांग्रेस थप मजबुद भएर प्रस्तुत हुने बताए ।
उनले विगतदेखि नै कांग्रेस जनमतका आधारमा सानो र ठूलो हुने क्रम रहेको बताउँदै जनमतलाई स्वागत गर्ने र जनमत अनुसार आफूहरू उपस्थित हुने बताए ।
वर्तमान संसद्मा नेपाली कांग्रेसको भूमिका रचनात्मक र सिर्जनात्मक हुने बताउँदै उनले संसद्मा युवाको उपस्थितिले देशमा परिवर्तन ल्याउने दावी गरे । उनले परिवर्तनका काम नगर्ने छुट नै वर्तमान सरकारलाई नभएको उनको तर्क छ ।
प्रकाशित: २५ चैत्र २०८२ १९:५४ बुधबार





