नेपाली कांग्रेसले कर्णाली प्रदेशमा समीक्षा भेला गर्ने भएको छ । कर्णालीको भेला सुर्खेतमा हुनेछ । नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधिलाई समीक्षा भेलामा सहभागी गराइने छ ।
प्रदेश भेलालाई पार्टी सभापति गगन थापाले सम्बोधन गर्नेछन् । कार्यक्रममा केन्द्रीय सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायत केन्द्रीय पदाधिकारी सहभागी हुनेछन् ।
नेपाली कांग्रेस कर्णालीका केन्द्रीय सदस्यहरु, प्रदेशका सभापति र पदाधिकारीहरु, प्रदेश संसदीय दलका नेता र सुर्खेत जिल्लाका पदाधिकारीसहितको बैठकले भेलाको व्यवस्थापकीय तयारी गरेको छ ।
समीक्षा भेला २८ गते उद्घाटन समारोह गर्ने, त्यसमा नेताहरुले सम्बोधन गर्ने र २९ गते बिभिन्न ६ वटा विषयगत समूहमा छलफल गर्ने तयारी गरिएको छ ।
प्रदेशस्तरीय प्रशिक्षण भेलामा २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिने र स्थानीय तहका जनप्रतिनिधिको कार्यसम्पादनबारे पनि छलफल हुनेछ ।
कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काको गृह जिल्लामै हुन लागेको समीक्षा भेलालाई चासोका साथ हेरिएको छ ।
प्रकाशित: २७ वैशाख २०८३ १६:३६ आइतबार





