१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

केपी ओलीले पद छोड्छु भन्दा कांग्रेस अलमलिनु हुँदैन: गगन

फाइल।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको राजनीतिक नेतृत्व डर र लोभको दुष्चक्रबाट मुक्त हुन नसक्दासम्म देशले सही बाटो लिन नसक्ने बताएका छन्।

उनले राजनीतिकर्मीहरू व्यक्तिगत स्वार्थ र भविष्यको चिन्तामा अल्झिँदा पार्टी र देश दुवैले गति लिन नसकेको भन्दै आत्मसमीक्षा गरे।

सोमबार काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संग्रहको विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस केबाट मुक्त हुनुपर्छ भने २०८४ मा मेरो अवस्था के होला भन्ने चिन्ताबाट। राजनीतिक कार्यकर्ता डर र लोभबाट बाँधियो भने उसले काम गर्न सक्दैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेलामा सत्ता छाड्ने भनी दिने अभिव्यक्तिप्रति कटाक्ष गर्दै थापाले यस्ता कुराले कांग्रेस अलमलिन नहुने बताए।

‘अलि पछाडि आलोपालो भनेर हप्तामा एकपटक प्रधानमन्त्री केपी ओलीले भन्नुहुन्छ नि, म छोड्छु, छोड्छु भनेर। उहाँले छोड्नुहोला कि नछोड्नुहोला भन्ने कुराबाट हामी अलमलमुक्त हुनुपर्छ,’ उनले भने, ‘हामीले आफ्नो कर्म गर्ने हो।’

प्रकाशित: ९ भाद्र २०८२ १५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App