२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

थमन विक हत्याका 'फरार' अभियुक्तलाई दिएको सदस्यता कांग्रेसले गर्‍यो खारेज

नेपाली कांग्रेसले थमन विक हत्याका 'फरार' अभियुक्तलाई दिएको पार्टी सदस्यता खारेज गरेको छ। उनीमाथि फौजदारी कानूनी कारबाही प्रक्रियामा रहेकाले उनको सदस्यता खारेज गरिएको कांग्रेसले जनाएको छ।

'बुझिँदै गर्दा निज व्यक्तिउपर फौजदारी कानूनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ,' शुक्रबार (आज) एक विज्ञप्ति जारी गर्दै कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भनेका छन्।

अगाडि उनले भनेका छन्, 'हिजो बिहीबार बिहान ९ः४५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यालयमा सभापतिको कार्यकक्षमा समसामयिक राजनीतिक विषयका सन्दर्भमा छलफल गरिरहेका बेला पार्टीका केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरेबमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो।'

विज्ञप्तिमा यादवलाई कानूनी कारबाहीको प्रक्रियामा ल्याउने सन्दर्भमा गृह प्रशासनको ध्यानाकर्षणसमेत गराइएको जनाइएको छ। 'निजलाई पार्टी प्रवेश गराउन ल्याउनु हुने साथीहरूसँग यसबारे गम्भीरतापूर्वक जानकारी लिइँदै गरेकोसमेत जानकारी गराइन्छ,' भनिएको छ।

देउवा र शर्माले सदस्यता प्रदान गरेपछि तीव्र आलोचनासमेत भएको थियो। त्यसपछि कांग्रेसले तथ्य जाँच गरेर उनको सदस्यता खारेज गरेको हो।

प्रकाशित: ३० श्रावण २०८२ १७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App