२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस सदस्य ५,३८,६२२ जना

नेपाली कांग्रेसका पाँच लाख ३८ हजार ६ सय २२ जनाले सदस्यता अध्यावधिक गरेका छन्। बिहीबार राति विज्ञप्ति जारी गर्दै कांग्रेसले सदस्यता अध्यावधिकताबारे जानकारी गराएको हो। एक लाख ४९ हजार तीन सय नौ जनाले स्वयं अद्यावधिक फाराम पेस गरी वडा सभापतिमार्फत अध्यावधिक प्रक्रियामा रहेको विज्ञप्तिमा उल्लेख छ।

पार्टीका संस्थापन इतरका नेताहरू सदस्यता अध्यावधिको विपक्षमा छन्। सोही विषयले कांग्रेसभित्रको आन्तरिक विवाद तीव्र बन्दै गएको छ तर संस्थापन पक्षले भने  पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ क्रियाशील सदस्यता अद्यावधिक गरिएको जनाएको छ। कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक गर्न सात लाख ८२ हजार दुई सय नौ सदस्य योग्य रहेको उल्लेख गरेको छ।

प्रकाशित: २९ जेष्ठ २०८३ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App