२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेस

नेपाली कांग्रेससहित ६ दलले मधेस प्रदेशको मुख्यमन्त्रीका लागि बहुमतसहित प्रदेश प्रमुखसमक्ष दाबी गरेका छन्।

६ दलको बहुमतसहित कांग्रेस सांसद कृष्णप्रसाद यादवलाई मधेस प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिएको हो।

प्रदेश प्रमुखबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएपछि कांग्रेससहित जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोसपा नेपालले ७७ जना प्रदेशसभा सदस्यसहित दाबी पेस गरेका छन्।

प्रकाशित: १९ मंसिर २०८२ १६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App