२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसको बन्द सत्र बुधबार बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्द सत्रको छलफल सम्पन्न भएको छ। बन्द सत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रस्तावसहित विभिन्न प्रतिवेदनमाथि व्यापक छलफल भएको छ।

महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यका अनुसार सभापति थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृति रूपान्तरणसम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले धारणा राखेका थिए।

छलफलमा सातै प्रदेशका साथै कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

बन्द सत्रको छलफल भोलि बिहान साढे १० बजे पुनः सुरु हुने भएको छ। भोलिको सत्रको सुरुवातमा पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: २० आश्विन २०८३ १५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App