२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस सभापतिमा चन्द्र भण्डारीको पनि दाबी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको आसन्न १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका छन्। महाधिवेशन नजिकिँदै गर्दा नेता भण्डारीले बुधबार सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै आफ्नो उम्मेदवारीको मनसाय स्पष्ट पारेका हुन्। 

उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित। तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु।’      

भण्डारीले आफ्ना शुभेच्छुक तथा कार्यकर्ताहरूको सुझाव, समयको माग र राजनीतिक माहोललाई सम्मान गर्दै कदम चाल्नुपर्ने आवश्यकता ठानेका छन्। पछिल्लो समय कांग्रेसभित्र आगामी नेतृत्वका लागि बहस चलिरहेका बेला भण्डारीले नेतृत्वको चाहना गरेका हुन्।

यसअघि कांग्रेस महामन्त्री गगन थापाले पनि आफू सभापतिको उम्मेदवार भएको कुरा घोषणा गरिसकेका छन्।

हेर्नुस् उनको स्टाटस  
साथीहरूको जिज्ञासा मेरो धारणा !!!  
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित ! तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ।  
जय नेपाल !!!

प्रकाशित: २४ मंसिर २०८२ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App